Information Regarding the Selection of Volunteers for the 10th National Games
राष्ट्रिय खेलकुद परिषद्
दशौँ राष्ट्रिय खेलकुद–२०८३
10th National Games–2083
कर्णाली प्रदेश, सुर्खेत, १६–२७ मंसिर, २०८३
स्वयंसेवक उपसमिति
मिति: २०८३/०८/५
दशौँ राष्ट्रिय खेलकुदका लागि आवश्यक स्वयंसेवक छनोट सम्बन्धि जानकारी दशौँ राष्ट्रिय खेलकुदमा आवश्यक सहयोग गर्नका लागि करिब ३ सय जना स्वयंसेवक माग गरिएकोमा माग भन्दा करिब ४ गुणा बढी आवेदन पर्न आएकोले आवेदन साथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य पेश गरेका आवेदकहरूलाई अन्तर्वार्ताका लागि मिति २०८३ मंसिर ६ गते बिहान १०:०० बजेदेखि जिल्ला खेलकुद विकास समिति सुर्खेतको कार्यालयमा आफूले प्राप्त गरेको खेलको उच्चतम उपलब्धिको प्रमाणपत्र र नागरिकताको सक्कल प्रति आफ्नो साथ लिई अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ ।
सुजन खतिवडा
सचिव
स्वयंसेवक उपसमिति
सम्पर्क विवरण:
त्रिपुरेश्वर, काठमाडौं, नेपाल
फोन नं.: ०१-५३४७०३१
E-mail: 10thng.secretariat@gmail.com | ms.secretariat@nsc.gov.np


