
सुर्खेतमा दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय सञ्चालन
कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद, मूल आयोजक समितिको सचिवालय उद्घाटन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष माननीय युवा तथा खेलकुद खेलकुद मन्त्री तेजुलाल चौधरी, कर्णाली प्रदेशका माननीय मुख्य मन्त्री यमलाल कँडेल र वीरेन्द्र नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकालले सचिवालयको एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गर्नु भयो । संघ, प्रदेश र स्थानिय तहको प्रतिनिधित्व हुने गरी सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा स्थापना गरिएको सचिवालय उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका माननीय सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपकी सदस्य नन्दा बस्याल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, खेलकर्मीलगायतको उपस्थिति रहेको थियो ।






